काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा भएको ११ हजार १७७ नमुना परीक्षणका क्रममा एक हजार ५१ महिला र एक हजार ५२० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
योसँगै नेपालमा हालसम्म एक लाख ९७ हजार २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये एक हजार १२६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना संक्रमित संक्रमण मुक्त भएका छन्। संक्रमण पुष्टि भएका मध्ये हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै हाल ३६ हजार १७४ जना संक्रमित आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा संक्रमित पहिचान भएका मध्ये ६३ जिल्लामा छन्। जसमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ४२८ जना रहेका छन्। काठमाडौं जिल्लामा एक हजार १३६, ललितपुर जिल्लामा २०१ र भक्तपुर जिल्लामा ९१ जना छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा कास्की जिल्लामा १५१, मोरङ जिल्लामा १४८ जनामा संक्रमण पुष्टि भएको छ।
