PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यसपाला ‘हाम्रोपात्रो’बाट भाइ मसला



पहिलोपोस्ट

यसपाला ‘हाम्रोपात्रो’बाट भाइ मसला

काठमाडौं : नेपाली एप ‘हाम्रो पात्रो’बाटै तिहारको गिफ्ट पठाउन सकिने भएको छ। कम्पनीले विदेश रहेका नेपालीलाई लक्षित गरेर उनीहरुका आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो।

तिहार तथा भाइ टीकाका लागि कम्पनीले प्रि-अर्डर लिन सुरु गरिसकेको छ। उपहार सामग्री तथा मिति चयन गरी प्रि-अर्डर गर्न सकिनेछ कम्पनीले जनाएको छ। यसरी चयन गरिएको मितिमै डेलिभरी सेवा हुने हाम्रो पात्रोले जनाएको छ। तिहारलाई लक्षित गरेर कम्पनीले नोभेम्बर १६ सम्मका लागि २५ डलर माथिको अर्डरमा डेलिभरी निःशुल्क गराएको छ।

भाइ टीकाका लागि विशेष रुपमा भाइ मसलाका तीन वटा कम्बो प्याक तयार पारिएका छन्। जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन्।

हाललाई यो सुविधा उपत्यकाका तीनवटा जिल्लामा मात्र उपलब्ध छ। विदेशमा रहेका व्यक्तिले इन्टरनेसनल कार्डबाट भुक्तानी गरी गिफ्ट पठाउन अर्डर दिन सक्नेछन्।

प्राप्त अर्डर २४ घण्टाभित्र डेलिभरी दिइने हाम्रोपात्रो इंकले जनाएको छ।

‘हाम्रो गिफ्ट’मा लक्ष्मीपूजाको लागि आवश्यक बत्ती, मूर्ति, दियो, फूलमाला आदि जस्ता उपहार सामग्रीहरु समावेश गरिएको छ।

लिक्वेर, विद्युतीय सामग्री, झिलिमिली बत्ती, मिठाई, केक, चकलेट, टेडी बियर, कार्ड, घडी, बडी स्प्रे तथा परफ्यूम, मोबाइल फोन, कपडा, होम अप्लायन्सेस, ड्राइ फ्रुट, फोटो फ्रेम, जुस लगायतका सामग्री समेत हाम्रोपात्रोबाट अर्डर गर्न सकिनेछ।

कुनैपनि गिफ्ट आइटम अर्डर गर्दा सँगै आफन्तलाई सन्देश पनि पठाउन सकिने व्यवस्था गरिएको छ। सन्देशलाई प्रिन्ट गरेर पात्रोले पुर्‍याउने छ।

हाललाई वेबसाइटमा उपलब्ध रहेको हाम्रो पात्रोको ईकमर्स सेवा चाँडै मोबाइल एपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell