PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

हावा भर्ने क्रममा जेसीबीको टायर पड्केर एक जनाको मृत्यु



पहिलोपोस्ट

हावा भर्ने क्रममा जेसीबीको टायर पड्केर एक जनाको मृत्यु

सुर्खेत : जुम्लामा जेसीबीको टायरमा हावा भर्ने क्रममा पड्केर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ बोताका ५९ वर्षीय धनबहादुर रावतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

आफ्नै पसलमा जेसीबीको टायरमा हावा भर्ने क्रममा उक्त टायर विष्फोट भएर रावतलाई पाँच मिटर तल फाल्दा घटनास्थलमै मृत्यु भएको हो। घटना लगत्तै स्थानीयले प्रहरीलाई खवर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell