PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए : ६२८ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए : ६२८ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा सोमवार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २/२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन्। सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५/५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३/३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १/१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३/३, कनकाई र अर्जुनधारामा २/२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ९ जनामा कोरोना संक्रमण देखिएको छ।

यता, उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १/१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका ११, भोजपुरको भोजपुर र आमचोकमा १/१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १/१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमवार १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ।

६२८ जना डिस्चार्ज

प्रदेश १ मा सोमवार ६२८ जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट ६१७, न्युरो अस्पतालबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ।

६ जना संक्रमितको मृत्यु

प्रदेश १ मा सोमवार कोरोना संक्रमणका कारण एक महिलासहित ६ जनाले ज्यान गुमाएका छन्।

झापामा एक महिला र एक पुरुष तथा मोरङमा दुई पुरुषको मृत्यु भएको छ। त्यस्तै, इलाम र प्रदेश १ बाहिरका एक/एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell