PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

तास खेलिरहेको अवस्थामा ७७ हजार नगदसहित ९ जना पक्राउ



पहिलोपोस्ट

तास खेलिरहेको अवस्थामा ७७ हजार नगदसहित ९ जना पक्राउ

विराटनगर : सुनसरीको दुहवी नगरपालिका-३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले ७७ हजार ७१० नगद र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका-३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मिया, ४६ वर्षीय मंगल शाह, ३६ वर्षीय टेक बहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दिपक अकेला, ५२ वर्षीय मो मोक्तार, ४५ वर्षीय हजरत मिया र ४४ वर्षीय सन्तोष बराल रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell