PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पैँचो नदिएपछि बंगलादेशसँग युरिया मल किन्ने सरकारको निर्णय, मन्त्रीको यो वर्षको आधा तलब कोरोना कोषमा



पहिलोपोस्ट

पैँचो नदिएपछि बंगलादेशसँग युरिया मल किन्ने सरकारको निर्णय, मन्त्रीको यो वर्षको आधा तलब कोरोना कोषमा

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह बमोजिम बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि सरकारले मल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले समकक्षी सेख हसिनासँग गत भदौमा मल पैँचो दिन आग्रह गरेका थिए। हसिनाले सकारात्मक जवाफ दिए पनि हाल पैँचो दिन अस्वीकार गरेको थियो। 

पैँचो नपाएपछि मल किनेर ल्याउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। 

‘फिर्ता गर्नेगरि मल मागिएको थियो। बंगलादेशले विभिन्न कारण देखाएर दिन अस्वीकार गरेकाले किन्ने निर्णय भएको छ’, एक मन्त्रीले बताए। 
५० हजार मेट्रिक टन मल तत्कालका लागि नेपालले पैँचो मागेको थियो। मल ल्याउन ठेक्का लिएका हनिको  र शैलुङ इन्टरप्राइजेजले समयमा मल नल्याएपछि सरकारले मल पैँचो मागेको थियो। 

यस्तै, सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको यो वर्षको तलबमध्ये आधा तलब कोरोनो उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेको छ। 

यस्तै, बैठकले कोरोना भ्याक्सिन बनाउने मुलुकहरुसँग समन्वय गरेर खरिद प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell