PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

घाँस काट्न गएकी किशोरीको चितुवाले लियो ज्यान



पहिलोपोस्ट

घाँस काट्न गएकी किशोरीको चितुवाले लियो ज्यान
प्रतीकात्मक फोटो।

अमरगढी : चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोरीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।

घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए। आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell