PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

जताततै हुन्डी कारोबार, समातिँदै कारोबारी



पहिलोपोस्ट

जताततै हुन्डी कारोबार, समातिँदै कारोबारी

काठमाडौं : सोमवार जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डीको कारोबार गर्ने एक जनलाई पक्राउ गरी सार्वजनिक गर्‍यो। उनी थिए भारतको बिहार, पूर्वी चम्पारण, रक्सौल निवासी ५० वर्षीय कृष्णकुमार जैन। उनको साथबाट प्रहरीले १६ लाख रुपैयाँ बरामद गरेको थियो।

ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई वीरगंज महानगरपालिका-७ माईस्थान अगाडिबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार अवैध वित्तीय कारोबार ‘हुण्डी’ भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको मोटरसाइकल रोकेर चेक गर्दा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएपछि मोटरसाइकसहित उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता मानेजित कुँवरले जानकारी दिए।

उनीमाथि बैंकिङ तथा वित्तीय कसुर मुद्दा दर्ता गरिने प्रहरीले तयारी गरेको छ। तिहार र छठ नजिकिदै जाँदा वीरगंजमा हुन्डी कारोबार बढेको प्रहरी स्रोतको दावी छ।

त्यस्तै, केही दिनअघि मात्र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एक करोड रुपैयाँ सहित तीन जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा झापका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडैल थिए। उनीहरुलाई काठमाडौंको ओमबहालबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका कमल र विकास भने दाजुभाइ  हुन्। उनीहरुको ओमबहालमा मोबाइल पसल भएको खुलेको छ।

अर्का पौडेलले भने हुन्डीको रकम कलेक्सन गर्ने गरेको देखिएको छ। उनीहरुले लामो समयदेखी काठमाडौंका हुन्डीको कारोरबार गरेको दिएको छ। 'उनीहरुको थप कनेसक्नस खोजी गरिरहेका छौं। अहिले हुन्डी कारोबारी सक्रिय भएको देखिन्छ,' व्यूरोका प्रमुख डीआइजी सहकुल बहादुर थापाले भने।

उनीहरुले हुन्डीको रकम चीन पठाउन लागेको खुलेको छ। बीच्याट, भाइवर लगायतको प्रयोग गरि उनीहरुले हुन्डीको रकम पठाउने गरेका छन्। कारोबारीले नेपालबाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। सबैभन्दा धेरै चीन र भारतमा हुने गरेको छ।

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरे वापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्। हुण्डीको कारोबारमा ठूला व्यापारीको संलग्नता देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell