PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फेसबुकमा 'सुसाइड नोट' लेखेर चिकित्सक बेपत्ता, अन्तिम लोकेसन पनौती, प्रहरी जुट्यो खोजीमा



पहिलोपोस्ट

फेसबुकमा 'सुसाइड नोट' लेखेर चिकित्सक बेपत्ता, अन्तिम लोकेसन पनौती, प्रहरी जुट्यो खोजीमा

काठमाडौं : एक चिकित्सकले फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका छन्।

भक्तपुरको 'द डेन्टल सिटी' अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका हुन। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको छ।

'उहाँको परिवार समेत सम्पर्कमा आउनु भएको छ। अहिलेसम्म फेला गर्नुभएको छैन। हामी खोजी गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापाले भनिन्।

सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ। बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइलको अन्तिम लोकेसन भने काभ्रेको पनौतीमा देखिएको छ। त्यसपछि भने उनको मोबाइल अफ भएको छ।

झाको खोजीमा भक्तपुरसहित काभ्रे प्रहरी समेत परिचालन गरिएको छ।

पछिल्लो समय फेसबुकमा लाइभ तथा सुसाइड नोट लखेर आत्महत्या गर्ने घटना दोहोरिरहेको छ। यसभन्दा अघि पनि देशका विभिन्न ठाउँमा फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको पाइएको छ। त्यस्तै केही मानिसलाई प्रहरीले समयमा नै पुगेर बचाउन समेत सफल भएका केस पनि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell