PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओलीले बैठक बोलाउन नमानेपछि धुम्बाराहीमा प्रचण्ड नेतृत्वमा बहुमत सचिवालय सदस्यको बैठक बस्दै



पहिलोपोस्ट

ओलीले बैठक बोलाउन नमानेपछि धुम्बाराहीमा प्रचण्ड नेतृत्वमा बहुमत सचिवालय सदस्यको बैठक बस्दै

काठमाडौं : लिखित रुपमा सचिवालय बैठकको माग गर्दा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको बहुमत सदस्यको बैठक बस्ने भएको छ। आज ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयका ५ सदस्यको बैठक बस्ने तयारी भएको छ।

पटक पटक बैठकको माग गर्दा पनि ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि शनिवार प्रचण्डले अनौपचारिक सचिवालय बैठक बोलाएका थिए। उक्त बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

सो बैठकपछि शनिवार उनीहरुले सामूहिक रुपमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दुई दिनभित्र बैठक बोलाउन पत्र बुझाएका थिए। तर, ओलीले उनीहरुको अल्टिमेटम अस्वीकार गरेका छन्।

सोमवार महासचिव विष्णु पौडेल ओलीको सन्देश बोकेर खुमलटार पुगेका थिए। प्रचण्डले बैठक बोलाउन आग्रह गरे पनि ओलीको निर्देशन अनुरुप विधान अनुसार  लिखित पत्र बुझाएको १५ दिनभित्र बैठक बोलाउने जवाफ दिएका थिए। त्यस्तै मंगलवार नै ओली पक्षका नेता शंकर पोखरेल खुमलटारमा पुगेर प्रचण्डसँग भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell