PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

धुम्बाराही जानुअघि बालुवाटार पुगे प्रचण्ड



पहिलोपोस्ट

धुम्बाराही जानुअघि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि उनी बालुवाटार पुगेका हुन्।

अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको छ। प्रचण्डले आजै दिउँसो ४ बजे बहुमत सचिवालय सदस्यहरुसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्दैछन्। त्यसअघि प्रचण्ड अर्का अध्यक्ष ओली भेट्न बालुवाटार पुगेका हुन्। 

आजै बिहान बालुवाटारबाट सन्देश लिएर ओली निकटका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए। 

सचिवालय बैठकका लागि दवाव दिन शुक्रवार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेर पत्र बुझाएका थिए। सो भेटमा भनाभन भएको थियो। त्यतिबेला उनीहरुले सोमवारसम्म पार्टी सचिवालयको बैठक बोलाउन अल्टिमेटम दिएका थिए।

तर, ओलीले सोमवार विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेललाई सन्देश पठाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell