PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

'स्कुबी-डु'का पात्रहरू बनाउने केन स्पेयर्सको निधन



पहिलोपोस्ट

'स्कुबी-डु'का पात्रहरू बनाउने केन स्पेयर्सको निधन
Kevin Spears

कार्टुन सिरिज 'स्कुबी-डु'का रचनाकार केन स्पेयर्सको निधन भएको छ। लुई बडी डिमेन्सिया भएका उनी ८२ वर्षको उमेरमा मरेका हुन्।

उनका छोरा केभिनले खबर पुष्टि गरेको हलिउड रिपोर्टरमा लेखिएको छ।

केनले जो रुबीसँगको सहकार्यमा चर्चित काटुन सिरिज बनाएका थिए। रुबीको तीन महिनाअघि निधन भएको थियो।

सन् १९६९ मा प्रसारण भएको 'स्कुबी डु, ह्वेर आर यू' सन् दुई सिजन चल्यो। तर, ५० वर्षसम्म कथा अगाडि बढाउने टेम्प्लेट बन्यो ती दुई श्रृङ्खला।

हलिउडको निर्माण कम्पनी वार्नर ब्रोजका प्रमुख साम रजिस्टरले उनी एक सच्चा रचनाकार भएको र पूरा उद्योग र दर्शकलाई हाँसो उपहार दिएको बताए। भने,'उनको मृत्युले दु:खी तुल्याएको छ। उनको प्रियजनहरूमा समवेदना।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell