PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओलीसँग बालुवाटारमा वार्तापछि बहुमत सचिवालय सदस्यसँग छलफलका लागि धुम्बाराही पुगे प्रचण्ड



पहिलोपोस्ट

ओलीसँग बालुवाटारमा वार्तापछि बहुमत सचिवालय सदस्यसँग छलफलका लागि धुम्बाराही पुगे प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी धुम्बाराही पुगेका छन्।

बालुवाटारमा सचिवालय बैठक बोलाउने विषयमा ओलीसँग छलफल गरी प्रचण्ड धुम्वाराहीमा नेकपाको सचिवालयका बहुमत सदस्यहरुसँग छलफलका लागि पार्टी कार्यालय धुम्बाराहीमा पुगेका हुन्।

नेकपामा अध्यक्षसहितका बहुमत सदस्यहरुले विवाद चर्किँदै जाँदा प्रधामन्त्री ओली माथि बैठक बोलाउन दबाब दिइरहेका छन्। यसअघि पनि शुक्रवार प्रचण्डकै नेतृत्वमा धुम्बाराहीमा ५ जना सचिवालय सदस्यहरु छलफल गरी बालुवाटार पुगेर ओलीलाई बैठक बोलाउन पत्रसहित अल्टिमेटम दिएका थिए।

ओलीलाई दिएको अल्टिमेटम सोमवार सकिएको छ। अल्टिमेटम सकिएसँगै प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ धुम्बाराहीमा छलफलमा जुटेका हुन्।

छलफल धुम्बाराहीमा सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell