PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

यस राज फिल्मसको ब्यानरका फिल्म ५० रुपैयाँमै! बलिउडलाई ब्युँताउन मल्टिप्लेक्ससँग सहकार्य



पहिलोपोस्ट

यस राज फिल्मसको ब्यानरका फिल्म ५० रुपैयाँमै! बलिउडलाई ब्युँताउन मल्टिप्लेक्ससँग सहकार्य

हलसम्म दर्शकलाई तान्नका लागि भारतका मल्टिप्लेक्सहरुलाई यस राज फिल्मसले आफ्नो चर्चित फिल्महरु उपलब्ध गराउने भएको छ।

कोरोना भाइरसका कारण लामो समयदेखि संकट भोगिरहेको भारतीय फिल्म उद्योगमा 'बाउन्स ब्याक'का लागि यस राज फिल्मले पीभीआर सिनेमाज, आइएनओएक्स र सिनेपोलिसजस्ता मल्टिप्लेक्सलाई आफ्नो लाइब्रेरीबाट फिल्म उपलब्ध गराउन लागेको हो।

यस राज फिल्मसले सदावाहर हिट फिल्म दिलवाले दुल्हनिया ले जाएङ्गे, दिल तो पागल है, वीर जारा, बन्टी औ‍र बब्ली, रब ने बना दी जोडी, एक था टाइगर, जब तक है जान, ब्यान्ड बाजा बारात, सुल्तान, मर्दानी लगायतका फिल्मलाई लाइब्रेरीबाट ठूलो स्क्रिनमा उपलब्ध गराउन लागेको हो।

पर्वोत्सव मनाउनका लागि यसराजले यसलाई अभियानकै रुपमा अगाडि बढाउन खोजेको हो।

कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सुरु भएको लकडाउन धेरै हदसम्म खुकुलो हुँदै गए पनि फिल्म उद्योग व्युतिन सकिरहेको छैन। अक्टोबरबाट न्यु नर्मल अवस्थामा पालन गर्नुपर्ने नियम अनुसार भारतका विभिन्न राज्यमा फिल्म प्रदर्शनले अनुमति पाएको थियो।

मुम्बईमा भने नोभेम्बर ५ देखि फिल्म प्रदर्शनलाई अनुमति मिलेको छ। अक्टोबरसम्म झन्डै सात महिना फिल्म हल पूर्ण रुपमा बन्द रहे। 
पर्वका बेलामा फिल्म क्षेत्रलाई पुनर्ताजगी गराउने उद्देश्यले यस राज फिल्मसले आफ्ना फिल्महरु मल्टिप्लेक्सलाई उपलब्ध गराउने भएपछि हिन्दी फिल्म प्रेमीहरुले कभी कभी, सिलसिलाजस्ता पुराना फिल्म पनि ठूलो पर्दामा हेर्न पाउनेछन्। 

यस राज फिल्मले स्थापनाको ५० वर्ष पूरा गरेको छ। त्यसैको छेको पारेर यी फिल्महरु विना शुल्क मल्टिप्लेक्सलाई उपलब्ध गराउने यस राज फिल्मसले जनाएको छ। 

मल्टिप्लेक्स र यसराज फिल्मस बीच हरेक सिनेमाको टिकट दर ५० रुपैयाँमात्र तोक्न सहमति पनि भएको छ। फिल्म हलमा दर्शकलाई फिर्ता डाक्नका लागि उनीहरुले सस्तो दरमा फिल्म देखाउन लागेका हुन्। यसबाट बलिउडका सिनेमाघरले केही राहत पाउने छन् भने दर्शकको उपस्थिति फर्कियो भने फिल्म उद्योग फेरि पुरानै लयमा फर्किन सक्ने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell