PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु : ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु : ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ कै सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, झापामा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सुनसरीमा र उदयपुरमा १/१ पुरुष र १/१ महिलाको मृत्यु भएको हो। धनकुटा र तेह्रथुममा पनि १/१ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार ५१६ जना डिस्चार्ज भएका छन्। मंगलवार होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ।

प्रदेश १ मा मंगलवार ३१५ जना कोरोना संक्रमित थपिएका छन्। मंगलवार मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २/२, इलाम र पाँचथरमा १/१ र प्रदेश १ बाहिरका १३ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५/५, लेटाङमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २/२, ग्रामथान र बुढीगंगामा १/१ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा २७, विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३/३, कनकाई, हल्दिबारी र मेचीनगरमा २/२, बुद्धशान्ति र बाह्रदशीमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १/१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १/१,  ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १/१, संखुवासभाको मकालु र खाँदबारीमा १/१, तेह्रथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १/१, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा १/१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ।

प्रदेश १ मा मंगलवार १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२४ महिला र १९१ महिलाको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell