PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विराटनगरबाट लागुऔषध गाँजासहित दुई महिला पक्राउ



पहिलोपोस्ट

विराटनगरबाट लागुऔषध गाँजासहित दुई महिला पक्राउ

विराटनगर : प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रित लागुऔषध गाँजासहित ती महिलाहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० वर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० वर्षीया बबिता राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उक्त कार्यालयको अनुसन्धान समूहबाट खटिएको टोलीले उनीहरुलाई मंगलवार दिउँसो १ बजे ५ केजी ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell