PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु



रासस

रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु

बुटवल : रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए।

कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएकामा १८ गते नै उनको अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो। उनमा कुनै दीर्घ रोग थिएन। त्यस्तै, भीम अस्पताल भैरहवामा मंगलवार ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ।

सिद्धार्थनगर नगरपालिका-१२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। दमबाट ग्रसित उनको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए। रुपन्देहीमा दुई जनाको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell