PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य



पहिलोपोस्ट

आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै उकासेका थिए। दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा पन्तले ५६ रन बनाए।

यसअघिको खेलमा ओपनिङ गर्दै आक्रमक ब्याटिङ गरेका मार्कस स्टोइनिस यो खेलमा भने शून्य रनमा आउट भए। त्यस्तै, शिखर धवनले १५ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन्।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा नेथन कोल्टरनाइलले २ तथा जयन्त यादवले १ विकेट लिए।

मुम्बई केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell