PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

व्यवसायीलाई फोनबाट धम्काएर तीन करोड रुपैयाँ माग्ने समातिए



पहिलोपोस्ट

व्यवसायीलाई फोनबाट धम्काएर तीन करोड रुपैयाँ माग्ने समातिए

काठमाडौं : विभिन्न व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नुवाकोट ककनी गाउँपालिका ३३ वर्षीय बिन्तोष सिलवा सुनवार, रामेछाप सुनापती गाउँपालिका ३ का रामदल श्रेष्ठ( अटल), काभ्रे तिमाल गाउँपालिका वडा नम्वर ५ का तीर्थमान तामाङ र  चितवन भरतपुर महानगरपालिकाका नन्दुराज आचार्य रहेका छन्।

उनीहरुले काठमाडौं उपत्यकाभित्रबा विभिन्न व्यवसायीलाई आफू नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता भन्दै रकम मागेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए।

उनीहरुले तीन करोड रुपैयाँसम्म माग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। मागेको पैसा नदिए उनीहरुले कारबाही गर्ने धम्की समेत दिएको प्रहरीको दाबी छ। उनीहरु बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक लाभ लिन नहुने कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell