PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इन्टेलबाट आफ्नो चिप्समा सिफ्ट हुँदै म्याकका कम्प्युटर, ब्याट्री पूरा चार्ज भए २० घन्टा फिल्म हेर्न पुग्ने क्षमता



पहिलोपोस्ट

इन्टेलबाट आफ्नो चिप्समा सिफ्ट हुँदै म्याकका कम्प्युटर, ब्याट्री पूरा चार्ज भए २० घन्टा फिल्म हेर्न पुग्ने क्षमता

एप्पलले आफ्नै डिजाइनको चिप्सबाट तयार भएको पहिलो म्याक कम्प्युटर सार्वजनिक गरेको छ। सन् २००६ देखि इन्टेलको प्रोसेसर प्रयोग गर्दै आएको म्याकले गएको जुनमा आफ्नै प्रोसेसरमा 'ट्रान्सफर' हुने घोषणा गरेको थियो।

एप्पलले तयार गरेको चिप्स एम वानले ब्याट्रीको आयु, स्लिप मोडबाट तत्काल अन हुने र आइओएस एपहरु चलाउन थप सहज हुने दावी गरेको छ।

एप्पलले आफ्नो म्याक एप्सलाई थप सुधार गरेको जनाएको छ। साथै उसले अरु डेभलपरहरुलाई पनि त्यही शैली पछ्याउन प्रेरित गर्नुपर्ने छ।
नयाँ कम्प्युटरका विशेषता यस्तो रहने छ :

  • १३ इन्चको म्याकबुक एयरमा अब प्रोसेसरको तातो घटाउन फ्यानको प्रयोग आवश्यक पर्ने छैन
  • १३ इन्चको म्याकबुक प्रोमा अब लगातार २० घन्टासम्म भिडियो हेर्न सकिनेछ, एकै पटकको चार्जमा। यो पहिलेको तुलनामा दोब्बर हो जसमा फ्यान भने यथावत रहनेछ
  • म्याक मिनी स्क्रिनलेस डेक्सटप कम्युटर रहुनेछ

म्याकबुक एयरमा यही भर्सनमात्र बिक्री हुनेछ भने बाँकी अरुमा इन्टेल चिप र एम वान चिप दुवै विकल्प कायम रहने छ।

एप्पलले अझै पनि आइम्याक र म्याक प्रो कम्प्युटको विषयमा भने केही खुलाएको छैन। एप्पलले यी दुवै कम्प्युटरमा थप क्षमताको ग्राफिक प्रोसेसर समावेश गर्नसक्ने अपेक्षा गरिएको छ। 

नयाँ म्याकका भर्सनहरु आउँदो साताबाट बजारमा उपलब्ध हुनेछन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell