PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै



पहिलोपोस्ट

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ। गौतमको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।

न्यायाधीशहरुमा कोरोना संक्रमण र दशैंका कारण मुद्दाको पेशी आजसम्मका लागि स्थगित गरिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।

सुरुमा योग्यताको विवाद संवैधानिक इजलासमा पठाइएको थियो। सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell