PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मृगौला प्रत्यारोपणपछि पहिलोपटक उपत्यका बाहिर निस्किए प्रधानमन्त्री, पुगे किमाथांका



पहिलोपोस्ट

मृगौला प्रत्यारोपणपछि पहिलोपटक उपत्यका बाहिर निस्किए प्रधानमन्त्री, पुगे किमाथांका

काठमाडौं : गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक उपत्यका बाहिर भ्रमणमा निस्कएका छन्।उनी बुधवार उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर प्रधानमन्त्री ओली त्यता गएका हुन् ।

संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए।

सेनाको हेलिकोप्टरबाट संखुवासभा गएका ओली आजै काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ। पार्टी भित्रकाे विवाद चर्किरहेका बेला ओली उपत्यका बाहिर पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell