PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चुरोट चोरेको विषयमा झगडा हुँदा हत्या, पोखराबाट रिक्सा लिएर काठमाडौं आउँदै गर्दा बाटौमै समातिए



पहिलोपोस्ट

चुरोट चोरेको विषयमा झगडा हुँदा हत्या, पोखराबाट रिक्सा लिएर काठमाडौं आउँदै गर्दा बाटौमै समातिए

काठमाडौं : प्रहरीले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धारा पार्क नजिकै दाङको घोराइ घर भइ पोखरा बस्दै आएका २५ वर्षीय कृष्ण चौधरीको हत्याको अभियोगमा एक जनलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पत्रकार सम्मेलन गर्दै सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्वर १ कुशेश्वर दुम्जा घर भएका २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो। श्रेष्ठले अशोज २२ गते राति साढे ८ बजे चौधरीको हत्या गरी फरार भएको प्रहरीको दावी छ। श्रेष्ठले सामान्य विषयमा विवाद हुँदा हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए।

श्रेष्ठलाई प्रहरीले मंगलवार दिउँसो तनहुँ आबुखैरेनी नगरपालिकाबाट नियन्त्रणमा लिएको हो। उनी हत्यापछि रिक्सा लिएर काठमाडौं जाँदै गर्दा समातेको डीएसपी हमालले जानकारी दिए।

चुरोटको चोरेको विषयमा झगडा अनि हत्या

नन्दलालले श्रेष्ठ अर्थात् प्रेम असोजको पहिलो सातामात्र सिन्धुलीबाट पोखरा पुगेका थिए। उनी रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएका थिए। पोखराको लेकसाइड, बसुन्धरापार्क, पृथ्वीचोक लगायतका स्थानमा उनी कवाडीको सामान संकलन गरी बेच्ने काम गर्थे।

त्यही क्रममा असोज २२ गते उनको भेट कृष्ण चौधरीसँग भयो। पहिलो भेटनमा नै उनीहरु नजिकिए। साँझ पर्दै गएपछि उनीहरुले सौफी नामको रक्सी किनेर सँगै खाए। चौधरी भने श्रीमतीसँगै पोखरामा बस्दै आएका थिए। सोही दिननै रक्सी खाएपछि कृष्णले आफ्नो कोठामा श्रीमतीले खाना पकाएको भन्दै खान लगे। बसुन्धारापार्क स्थित कोठामा पुगेर दुवैले खाना खाएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

खाना खाएपछि कृष्णकी श्रीमतीले आफ्नो चुरोट हराएको बताइन्। त्यसपछि कृष्णले प्रेमलाई किन चुरोट चोरेको भन्दै विवाद गर्न थाले। त्यही क्रममा कृष्णले प्रेमको शरीरमा हातपात गरे। उनलाई धकेलेर केही पर पुर्‍याए। फेरि कृष्णले अगेनोको ढुङगा निकालेर प्रेमलाई हिर्काउन खोजे। तर, उल्टै प्रेमले ढुङ्गा समातेर प्रेमको टाउकोमा पटकपटक हानेर हत्या गरेको डीएसपी हमालले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell