काठमाडौं : नेपालमा कोभिड—१९ संक्रमितको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप दूई हजार ५६९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा दुई लाख २ हजार ३२९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनामा संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी काठमाडौं उपत्यकामा एक हजार २६१ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक हजार ६६६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ। हाल नेपालमा ३८ हजार ९१२ संक्रमित उपचारका क्रममा आइसोलेसनमा छन्।
