PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चालु आर्थिक वर्षमा कोभिड-१९ नियन्त्रणका लागि ६ अर्ब ८१ करोड रुपैयाँ विनियोजन, कहाँ कति खर्च?



पहिलोपोस्ट

चालु आर्थिक वर्षमा कोभिड-१९ नियन्त्रणका लागि ६ अर्ब ८१ करोड रुपैयाँ विनियोजन, कहाँ कति खर्च?

काठमाडौं : सरकारले कोभिड-१९ रोकथामका लागि ६ अर्ब ८१ करोड रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत विनियोजन भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ रोकथाम तथा नियन्त्रण तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए।  गरेको जानकारी दिए।

जसम्धये तीन अर्ब २५ करोड रुपैयाँ हाई डिपेन्डेन्स युनिट (एचडीयु)का लागि विनियोजन भएको उनले जानकारी दिए।

त्यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करो ४० लाख रुपैयाँ निकासा गरिएको छ। संक्रमित व्यवस्थापन कन्ट्र्याक्ट ट्रेसिङ जोखिम भत्ता वापत १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए।

त्यस्तै आईसीयु भेन्टिलेटर तथा अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख रुपैयाँ नकासा भएको गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell