PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ



पहिलोपोस्ट

चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ
Photo:- facebook.com/pg/yatayatsundar/

काठमडौँः सुन्दर यातायात प्रालिको अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। चेक बाउन्सको उजुरीमा प्रहरीले थापालाई बुधबार कालीमाटी क्षेत्रबाट पक्राउ गरेको हो। एक करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी थापाविरुद्ध प्रहरीमा परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्रसिंह राठौर ले थापा पक्राउ परेको पुष्टि गरे। थापाविरुद्ध करिब एक महिना अघि नै सो उजुरी परेको थियो। अनुसन्धानका सिलसिलामा थापा पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell