PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

धनुषामा देउसी भैलो खेल्न स्थानीय प्रशासनको रोक, स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह



पहिलोपोस्ट

धनुषामा देउसी भैलो खेल्न स्थानीय प्रशासनको रोक, स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह

जनकपुरधामः जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र दिपावली तथा छठ पर्व मनाउन अपिल गरेको छ। जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले कोरोना जोखिमलाई मध्यनजर गरी खोला, नदी तथा पोखरीभित्र पसी छठ पर्व नमनाउन आग्रह गरेको हो।

यस्तै, बैठकले देउसी भैलो तथा जुवातास खेल्न रोक लगाएको छ।

स्थानीय प्रशासनले निर्णय विपरीत कुनै पनि कार्य गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको चेतावनी पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell