PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु, ४६ नयाँ संक्रमित थपिए



पहिलोपोस्ट

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु, ४६ नयाँ संक्रमित थपिए
फाइल फोटो

वीरगंजः कारोना महामारीका कारण प्रदेश २ का आठ जिल्लामा मृत्यु हुनेको संख्या १८३ पुगेको छ। जसमा १५२ पुरुष र ३१ जना महिला रहेको प्रदेश २ समाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका जनस्वाथ्य अधिकृत विपीनकुमार यादवले जानकारी दिए।

पछिल्लो २४ घण्टामा सिरहाका दुई जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ र विष्णुपुर गाउँपालिका २ का एक/एक जना पुरुष रहेका छन्।

हालसम्म पर्सामा ५१, बारामा १९, रौतहटमा १०, सर्लाहीमा १३, महोत्तरीमा १९, धनुषमा १९, सिरहामा २३ र सप्तरीमा ३१ जनाको मृत्यु भइसकेको छ। प्रदेश २ मा नै एक भारतीय नागरिकको पनि मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ९१ जना पुरुष र १० जना महिला गरी १०१ संक्रमणमुक्त भएका छन्। यस्तै ४६ जना नयाँ संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell