PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गाउँ-गाउँमा ‘मास्क र स्यानिटाइजर’ वितरण गर्दै पर्यटनमन्त्री भट्टराई



पहिलोपोस्ट

गाउँ-गाउँमा ‘मास्क र स्यानिटाइजर’ वितरण गर्दै पर्यटनमन्त्री भट्टराई

फुङ्लिङः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ भ्रमणका क्रममा आफू पुगेको गाउँमा मास्क र स्यानिटाइजर वितरण गरेका छन्।

कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाको सन्देश दिन मन्त्री भट्टराईले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री मास्क र स्यानिटाइजर वितरण गरेका हुन्। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य मन्त्री भट्टराईले स्थानीय तहस्तरीय भ्रमणको अन्तिम दिन बुधबार आठराई त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखालाई करिब पाँच सय थान मास्क र स्यानिटाइजर वितरण गरे।

तिहार पर्वपछि ताप्लेजुङका अन्य स्थानीय तहमा भ्रमण गर्ने मन्त्री भट्टराईको योजना रहेको उनका प्रमुख स्वकीय सचिव प्रेमप्रसाद गुरागाईँले जानकारी दिए।

यसपटक मन्त्री भट्टराईले फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा मास्क र स्यानिटाइजर वितरण गरेका हुन्।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मन्त्री भट्टराईकै पहलमा कोरोनाका कारण रोजगारी गुमाएर गुजारा चलाउन समस्यामा परेका परिवारका लागि विभिन्न प्रकृतिका खाद्य सामग्री पनि उपलब्ध गराइएको उनका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell