PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पीसीआर रिपोर्ट नक्कली बनाउने अस्पतालका सुरक्षागार्ड प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

पीसीआर रिपोर्ट नक्कली बनाउने अस्पतालका सुरक्षागार्ड प्रहरी नियन्त्रणमा

नेपालगन्जः चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे। उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिपोर्ट बनाइदिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell