PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा बुधवार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४/४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन्।

मोरङको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८/८, रंगेली र ग्रामथानमा ५/५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३/३, कानेपोखरी र कटहरीमा २/२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १/१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५/५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २/२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १/१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १/१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १, धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ मा बुधवार ४४१ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ।

प्रदेश १ मा बुधवार १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell