PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

समयमा काम नगर्ने ठेकेदारलाई डिभिजन सडक कार्यालयले कारबाही गर्ने



रासस

समयमा काम नगर्ने ठेकेदारलाई डिभिजन सडक कार्यालयले कारबाही गर्ने
फाइल फोटो।

काठमाडौं : डिभिजन सडक कार्यालय काठमाडौंले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ।

डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन्। ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुँवेर नेपालीले बताए।

उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन्। सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उनले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो।

उनले भने, ‘यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ। त्यसपछि अर्को प्रक्रियामा जान्छ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका थिए। केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौँडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell