PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिहारका लागि यसरी तयार हुँदैछ लाखामरी, तर व्यापार भने आधा घट्यो

तिहारका लागि यसरी तयार हुँदैछ लाखामरी, तर व्यापार भने आधा घट्यो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: टेकुस्थ्ति काष्ठमण्डप खाद्य उद्योगमा अहिले कामदारहरुलाई भ्याइ-नभ्याइ छ। तिहारका लागि लाखामरी बनाउन उनीहरु व्यस्त छन्। हुनत अरु बेला पनि यहाँ लाखामरीसहित अन्य खाद्य कुराको उत्पादन दैनिक रुपमा हुने गर्छ। तर जब तिहारको माहोल सुरु हुन्छ तब उद्योगमा छुट्टै रौनक हुन्छ।

उद्योगका सञ्चालक अनिल दास राजकर्णिकारका अनुसार लाखामरी बनाउने उनी आफ्नो परिवारको तेस्रो पुस्ताका हुन्। तीन पुस्तादेखि राजकर्णिकार परिवार नेवारी समुदायमा चर्चित लाखामरी उत्पादन गर्दै आएको छ। करिब १० वर्षदेखि भने लाखामरीलाई ब्रान्डिङ गर्न सुरु गरेको अनिल बताउँछन्।

काष्ठमण्डप लाखामरीको नाममा अहिले दैनिक सयौँ प्याकेट लाखामरी उत्पादन हुने गरेको छ। तर कोरोना संक्रमणका कारण भने तिहारमा पहिला जस्तो लाखामरीको माग नभएको राजकर्णिकारले बताए।

'पहिलाभन्दा ५० प्रतिशत सेल्स घटेको छ। अर्डर त आइरहेको त तर पहिलाभन्दा व्यापार घटेको छ,' उनले भने।

काष्ठमण्ड लाखामरी विदेशमा समेत निर्यात हुँदै आएको छ। तिहारको समयमा समेत विदेशबाट लाखामरीको माग उच्च हुने गर्थ्यो। तर कोरोना कहरका कारण यसपटक विदेशमा पहिलाझै लाखामरी निर्यात भने हुन सकेन।

'यसपटक अष्ट्रेलिया चाहिँ गयो। तर अरु स्थानमा पठाउन सम्भव भएन,' राजकर्णिकारले भने।

काष्ठमण्डप खाद्य उद्योगको काम लकडाउनको बेलासम्म रोकिएको थिएन। राजकर्णिकार परिवार सबै मिलेर लाखामरी र अन्य परिकार उत्पादन गर्दै डेलिभरी गर्नमा लागेका थिए।

लाखामरी नेवार समुदायको मौलिक र मुख्य खाद्य वस्तु हो। शुभ कार्यहरुमा लाखामरीको उपयोग धेरै हुने गर्छ। लाखामरी एकै प्रकारको बन्न भन्ने हुँदैछ। विभिन्न कार्यमा विभिन्न आकारका लाखामरीहरु प्रयोग हुनेगर्छ। माछा, भ्यागुता, सुगा इत्यादि आकारमा समेत लाखामरी बनाइने गरिन्छ। यस्त लाखामरी विशेष कार्यमा प्रयोग हुने गर्छ।

पिठोमा घिउ राखेर मुछेपछि त्यसलाई विभिन्न आकारको बनाइन्छ र शुद्ध घिउमा रातो हुने गरी पकाइन्छ। लाखामरी बनाइँदा कुनै प्रकारको रंग वा रसायन प्रयोग गरिँदैन। त्यसपछि बाक्लो चास्नीमा लाखामरी राखिन्छ र त्यो चास्नीमा जमेपछि सेतो हुन्छ। लाखामरी घिउमा पकाइने हुँदा चाँडै बिग्रदैन भन्ने विश्वास छ। 



ट्रेन्डिङ पोस्ट

Ncell