PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक, बल्बको आयु १५ हजार घण्टा हुनुपर्ने



रासस

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक, बल्बको आयु १५ हजार घण्टा हुनुपर्ने

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्बको बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधवार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्रीलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो।

विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए।

‘६ महिनाभित्र मापदण्ड पूरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ,’ उनले भने।

विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ। एलइडी बल्बमा आँखालाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ। विश्वव्यापी रुपमै आँखाको ज्योतिलाई कुनैै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell