PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



रासस

गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।

कास्कीको रुपा गाउँपालिका-५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ।

प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या नौ हजार ७०३ छ। प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell