PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मेचीनगरमा होम आइसोलेसनमा बसेकालाई घरमै अक्सिजन र खाद्यान्न पुर्‍याइने



रासस

मेचीनगरमा होम आइसोलेसनमा बसेकालाई घरमै अक्सिजन र खाद्यान्न पुर्‍याइने
फाइल फोटो।

झापा : झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्‍याउने निर्णय गरेको छ।

नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधवार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमा बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध गराउने समेत निर्णय गरेको हो।

गउँपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा ३० शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell