गएराति भएको मैत्रीपूर्ण खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित भएको छ। पेरिसको स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको हो।
फिनल्याण्डको जित मार्कस फोर्स र ओन्नी भालाकरीले समान १/१ गोल गरे।
खेलको २८ औं मिनेटमा फोर्सले रासमस कार्जलाइनेनको पासमा फोर्सले फिनल्याण्डलाई अग्रता दिलाएका थिए। त्यस्तको तीन मिनेट भित्रै भालाकरीले अग्रता दोब्बर बनाउँदै पहिलो हाफमै फिनल्याण्ड २-० ले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा फ्रान्स स्तब्ध भएको हो।
त्यस्तै गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले स्वीजरल्याण्डमाथि जित निकाल्यो। बेल्जियमस्थित किंग पावर स्टेडियनमा भएको खेलमा बेल्जियमले स्वीजरल्याण्डमाथि २-१ को जित निकालेको हो।
स्वीजरल्याण्डको जितमा मिची बातसुइले दोहोरो गोल गर्दा स्वीजरल्याण्डका अदमिर मेहमेदीले एक गोल गरे।
खेलमा अग्रता स्वीजरल्याण्डले बनाएको थियो। खेलको १२ औं मिनेटमा मेहमेदीले गोल गर्दै स्वीजरल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा स्वीजरल्याण्ड एक गोलले अघि रह्यो। तर दोस्रो हाफमा बातसुइले खेल बराबरीमा ल्याए। उनले खेलको ४९ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ७० औं मिनेटमा उनले नै गोल थप्दै बेल्जियमलाई अग्रता दिलाए। जुन बेल्जियमको जितका लागि निर्णायक बन्न पुग्यो। र बेल्जियमले २-० ले खेल आफ्नो पक्षमा पार्यो।
