काठमाडौं : कलंकीमा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान ३ बजेर २५ मिनेटमा मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिएको थियो।
कुखुरा बोक्ने ट्रकमा रहेका ४ जनामध्ये ३ जनाको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए।
मृत्यु हुनेहरुमा नुवकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारेकश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र सोही गाउँपालिकाका भुपेन्द्र तामाङ रहेका छन्। ट्रकमा सवार २२ वर्षीय बिजय तामाङको अवस्था भने सामान्य रहेको छ।
