PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

दुवै अध्यक्षको सहमतिमा विष्णु पौडेलले भोलिका लागि डाके नेकपा सचिवालय बैठक



पहिलोपोस्ट

दुवै अध्यक्षको सहमतिमा विष्णु पौडेलले भोलिका लागि डाके नेकपा सचिवालय बैठक
फाइल फोटो

काठमाडौं : लामो समयदेखि माग भए पनि बस्न नसकेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन्।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भोलि ४ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको हो।

पार्टी दुई अध्यक्षको सहमतिमा बैठक डाक्न सक्ने प्रावधान रहे पनि प्रधानमन्त्री ओलीले आफू कमजोर हुनसक्ने देखेपछि लगातार बैठक बोलाउन अटेर गर्दै आएका थिए। त्यसैको प्रतिक्रिया स्वरुप पार्टी कार्यालय धुम्बाराहीमा ओलीपक्षीय सचिवालय सदस्यबाहेकको छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell