PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बलिउडको त्यो 'सर्प्राइजिङ' घटना सम्बन्धी प्रश्न, जवाफसँगै नजिया नसीम बनिन् यो वर्षको पहिलो करोडपति



पहिलोपोस्ट

बलिउडको त्यो 'सर्प्राइजिङ' घटना सम्बन्धी प्रश्न, जवाफसँगै नजिया नसीम बनिन् यो वर्षको पहिलो करोडपति

भारतीय टिभी रियालिटी सो ‘कोन बनेगा करोडपति’ (केबीसी) को यस सिजनको पहिलो करोडपति बनेकी छिन् नाजिया नसीम। उनले १५ वटा प्रश्नको सही जवाफ दिँदै १ करोड रुपैयाँ जितेकी हुन्।

नाजियाले १२ औं प्रश्नमा पुगेर मात्र लाइफ- लाइन ‘फिफ्टी फिफ्टी’ प्रयोग गरिन्। त्यो १२ लाख ५० हजार रुपैयाँको प्रश्न थियो। त्यस्तै १४ औं प्रश्नमा उनले एक्सपर्टको सहायतामा ५० लाख जितिन्।

१५ औं प्रश्न मनोरञ्जन क्षेत्रबाट थियो : कुन अभिनेत्रीले एक समय राष्ट्रिय फिल्म पुरस्कार अन्तर्गत् उत्कृष्ट पार्श्व गायिकाको अवार्ड जितेकी थिइन्?

जवाफ बताइन् : रुपा गांगुली। र, जितिन् एक करोड।

रुपाले सन् २०११ मा बंगाली फिल्म ‘अबोसेसे’का लागि गाएको गीतमार्फत् उक्त अवार्ड जितेकी थिइन्। विजेता घोषित हुनु उनकै लागि 'सर्पाइज' बनेको बारे आउटलुक इन्डियाले लेखेको छ। उनले त्यस वर्ष श्रेया घोषाल विजेता हुने अनुमान गरेकी थिइन्।

त्यस लगत्तैको प्रश्न थियो : नेता सुभाषचन्द्र भोषले सिंगापुरको कुन ठाउँमा सबैभन्दा पहिले स्वतन्त्र हिन्दुस्तान घोषणा गरेका थिए?

उक्त प्रश्नको सही जवाफ थियो : क्याथे सिनेमा घर। ७ करोड रूपैयाँको लागि राखिएको उक्त प्रश्नको जवाफ दिनु अगावै नाजियाले खेल छाडिन्।

समानता र महिला सशक्तिकरणको विषयमा नाजियाले राख्ने विचारबाट आफू प्रभावित भएको प्रस्तोता अमिताभ बच्चनले बताए। राँचीकी नाजिया गुरुग्रामको एक निजी कम्पनीमा काम गर्छिन्। त्यहाँ उनी ग्रुप म्यानेजर हुन्।

यो वर्ष कोन बनेगा करोडपतिको २० औं वर्ष पूरा भएको छ। यो कार्यक्रमको १२ औं संस्करण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell