PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्मा संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित



पहिलोपोस्ट

प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्मा संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित

काठमाडौँः संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ। बिहीबार सुनुवाइपछि समितिले अमेरिकाका लागि प्रस्तावित डा. युवराज खतिवडा, बेलायका लागि प्रस्तावित लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्मालाई सर्वसम्मत अनुमोदन गरेको हो। 

समितिमा तीनै राजदूतले आफ्नो कार्ययोजना र सांसदहरुको प्रश्नको जवाफ दिएका थिए। 

उनीहरुले द्धिपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउँदै आर्थिक कूटनीतिमा विशेष ध्यान दिने बताए। यस्तै, पर्यटन प्रवद्र्धन, वैदेशिक लगानी प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण लगायतमा पनि भूमिका खेल्ने प्रतिवद्धता जनाए। 

तीनै प्रस्तावित राजदूतहरुले एकअर्का देशबाट उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन्। 

सुनुवाइ समितिले अनुमोदन गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell