PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सचिवालय बैठकको रणनीति बनाउन खुमलटारमा ५ नेताले गरे छलफल



पहिलोपोस्ट

सचिवालय बैठकको रणनीति बनाउन खुमलटारमा ५ नेताले गरे छलफल

काठमाडौं : सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले छलफल गरेका छन्।

शुक्रवार हुने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन बहुमत सचिवालय सदस्य अहिले प्रचण्ड निवास खुमलटारमा छलफल गरेका थिए।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तर, उपाध्यक्ष वामदेव गौतम भने अरु नेताहरु निस्किसके पछि मात्रै खुमलटार पुगेका थिए। उनले प्रचण्डसँग छुट्टै छलफल गरेका छन्।

बैठकका लागि लिखित पत्र बुझाउँदा पनि सहमत नभएका पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा शुक्रवार सचिवालय बैठक बस्दैछ। बैठक बेलुकी ४ बजेका लागि बालुवाटारमा बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell