PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

कैलालीमा तिहारका बेला देउसीभैलो खेल्न प्रशासनले लगायो रोक



एम बम

कैलालीमा तिहारका बेला देउसीभैलो खेल्न प्रशासनले लगायो रोक

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा तिहारका बेला देउसीभैलो खेल्न रोक लगाइएको छ। जिल्लाभर कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलालीमा देउसीभैलो खेल्न रोक लगाइएको हो।

चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कैलालीले भिडभाडबिना नै चाडपर्व मनाउन आग्रह गरेको छ।

तिहारमा आयोजना हुने देउसीभैलो लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरूले रोक लगाएका हुन्।  गौरा, छठ, दशैँ लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्डसहित तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

तिहारमा प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिइएको बताउँदै सूचना अधिकारी जोशीले देउसीभैलोको कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell