PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा १८९ संक्रमित थपिए : ६६२ जना डिस्चार्ज, ३ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १८९ संक्रमित थपिए : ६६२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा बिहीवार १८९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २/२, इलाम, तेह्रथुम र भोजपुर १/१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३/३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १/१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २/२, अर्जुनधारा र मेचीनगरमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३/३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १/१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र  प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका छन्।

त्यस्तै, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४/४, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २/२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १/१ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ।

प्रदेश १ मा बिहीवार ८४७ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएकोमाकोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मोरङ, सुनसरी र प्रदेश १ बाहिरका १/१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६७ पुगेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell