PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बैतडीको खोड्पेमा मध्यराती बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ घाइते



पहिलोपोस्ट

बैतडीको खोड्पेमा मध्यराती बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ घाइते

काठमाडौं : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए। 'घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ,' उनले भने। गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell