PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दीपावलीमा फिल्म ‘गुञ्जन’को फर्स्टलुक रिलिज



पहिलोपोस्ट

दीपावलीमा फिल्म ‘गुञ्जन’को फर्स्टलुक रिलिज

काठमाडौं : फिल्म ‘गुञ्जन’को पोस्टर सार्वजनिक भएको छ। दीपावलीको अवसरमा पहिलो प्रचारात्मक सामाग्री स्वरुप फर्स्टलुक रिलिज गरिएको हो। पोस्टरमा अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पाली फिचर्ड छन्।

फिल्मलाई दुई दशकदेखि द्वन्द्व निर्देशनमा सक्रिय अष्ट महर्जनले निर्देशन गरेका हुन्। उनको यो पहिलो निर्देशकीय डेब्यु हो। गुञ्जनबारे उनले भने,'मैले फिल्म क्षेत्रमा सिकेको सबै यस फिल्ममा खन्याएको छु।'

प्रेमकथामाथि बनेको फिल्ममा अन्य कलाकार सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय छ।

राजु श्रेष्ठले खिचेको फिल्मलाई विपिन मल्लले सम्पादन गर्दैछन्। कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell