PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नागार्जुनमा सयपत्री ढपक्कै : तिहार ढिला आउँदा मजाले फक्रियो, कोरोनाका कारण मूल्यमा भने कमी

नागार्जुनमा सयपत्री ढपक्कै : तिहार ढिला आउँदा मजाले फक्रियो, कोरोनाका कारण मूल्यमा भने कमी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नागार्जुन ६, कल्लाबारी बस्ने निर्मला तामाङ ३ दिनयता निकै व्यस्त छिन्। बारीभरी फुलेका सयपत्री टिपेरै फूर्सद छैन। त्यसैले परिवारका अन्य ४ जना पनि उनलाई सघाउन बारीमै खटेका छन्।

वर्ष भरी खेती किसानी नै गर्ने निर्मलाले तिहारताका भने फूल खेली गर्छिन्। पाँच रोपनी जग्गामा लगाएको फूले कल्लाबारी मनमोहक देखिएको थियो। ती फूल टिप्दै गर्दा उनको मन केही खिन्न भएको त छ। तर, व्यवसायीक पाटोबाट हेर्ने हो भने त्यही फूल आमदानीको राम्रो स्रोत हो। उनी मात्र होइन इचंगुनारायण आसपास धेरैले फूल खेतीलाई व्यवसायीक रुपमा अघि बढाएका छन्।

प्राय सबैले फूल धोक्रोको हिसाबमा बेच्छन्। तर, निर्मला भने आफै माला बनाएर बजारसम्म धाउँछिन्। यसो गर्दा आफूलाई पनि केही रकम फाइदा हुने र उपभोक्तालाई पनि सहज हुने उनको दावी छ। भन्छिन्,'रेडिमेड माला पाउँदा ग्राहक खुशी हुन्छन्।'  

सरु श्रेष्ठले सोही क्षेत्रमा फूल खेती गर्न थालेको १२ वर्ष भयो। उनका अनुसार योपटक कोरोना भाइरस संक्रमणका कारण व्यापार केही खस्केको छ। अघिल्ला वर्षहरूमा एक टिनको ५ सय ५० रुपैयाँमा बेचेका थिए। यस पटक मूल्य घटेर ३ सय ५० भएको बताउँछिन्।

तिहारका लागि देशका ३२ जिल्लामा फूलको व्यवसायिक खेती हुदै आएको छ।

उपत्यकामा खपत हुने ८० प्रतिशत फूल सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट ,मकवानपुर र सिन्धुली लगायत जिल्लाबाट आउने गरेको छ। यतिबेला दैनिक ५ हजार सयपत्री फूल बिक्री हुने गरेको छ। व्यवसायीले ग्रीन हाउसभित्र समेत फूलको उत्पादन गर्न थालेका छन्। यसमा खेती गरिएको फूल पालैपालो ६ महिनासम्म बजारमा पठाउन सकिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell