PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बैतडी दुर्घटना अपडेट: मृतक मध्ये ७ जनाको सनाखत, १० जना गम्भिर घाइतेलाई धनगढी रिफर



एम बम

बैतडी दुर्घटना अपडेट: मृतक मध्ये ७ जनाको सनाखत, १० जना गम्भिर घाइतेलाई धनगढी रिफर

धनगढी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको थियो। सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए। 'घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ,' उनले भने। गम्भीर घाइते १० जनालाई धनगढी रेफर गरिएको छ।

मृतकहरु:

१. कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की

२. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द

३. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का करण सिंह ऐरी 

४. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का कविन्द्र जोशी

५. डिलासैनी गाउँपालिका–७ घर भई भिमदत्त नगरपालिका–१० का विजना धामी

६. दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा

७. दार्चुलाका तर्कराज गिरी।

बाँकी दुई जनाको भने सनाखत हुन बाँकी छ।

घाईतेहरु:

१.बैतडीको दोगडाकेदार–७ का बिरेन्द्र कार्की

२.कञ्चनपुरको बेलौरी नगरपालिका–७ का बिमला कुँवर

३. कञ्चनपुरको बेलौरी नगरपालिका–७ का निवेश ऐर

४. कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की दीपा चन्द

५. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बिमला बडू

६. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी

७. बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक

८. दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री

९. दार्चुलाको मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह

१०. बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा

११. अछामको चौरपाटी गाउँपालिका–४ अमृत कुमाल

१२. कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी

१३. कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत

१४. बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार

१५. कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी

१६. कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी

१७. बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक

१८. कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी

१९. दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा

२०. कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी

२१. कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद

२२. कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की

२३. कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का कौशल साउँद

डडेल्धुरा अस्पताबाट रेफर भएकाहरु:

१. बिरेन्द्र घर्तीमगर

२. विरेन्द्र चौधरी

३. सुरज विक

४. लोकेन्द्र बोहरा

५. पूर्ण टमटा

६. संगीता विक

७. दशरथ गिरी

८. बिरेन्द्र कार्की

९. धन सिंह खत्री

१०. कल्पना कार्की र

११. र कल्पना कार्कीका डेढ वर्षको छोरा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell