PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

विमानस्थलबाट अबैध सामान सहित चिनियाँ नागरिक पक्राउ



पहिलोपोस्ट

विमानस्थलबाट अबैध सामान सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका ती जना चिनियाँ नागरिकहरुलाई अबैध रुपमा लैजान लागेको सामान सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर सहित पक्राउ गरेको होऽ

उनीहरूलाई बरामद सामान सहित थप महानगरीय अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell