PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ललितपुरको बालकुमारीमा आगलागी, पार्किङ गरिएका सवारीमा क्षति

ललितपुरको बालकुमारीमा आगलागी, पार्किङ गरिएका सवारीमा क्षति

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ललितपुरको बालकुमारीमा आगलागी भएको छ। बालकुमारी पुल नजिकै रहेको ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा आगो लागेको हो। 

आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकोसहित चार वटा दमकल प्रयोग गरिएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए। आगलागीको कारण पार्किङ गरेर राखेका गाडीमा क्षति पुगेको छ।

आगो कसरी लाग्यो भन्ने खुलिसकेको छैन। क्षतिको विवरण पनि आइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell